फागुन २५ रोल्पा – ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन।
त्रिवेणी गाउँपालिका-२ दहवन भाङगाेबारी नजिकै बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि सल्यानको कुमाख गाउँपालिका -६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटना पश्चात् घाइतेहरुलाई राप्ती विज्ञान प्रतिष्ठान दाङ लिएकोमा बिकको बिहीबार बिहान पौने १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले बताए।
पिके निर्माण सेवाका मजदुर सवार रा१त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको थियाे।
दुर्घटनामा परि ७ जना घाइते भएका छन् । घाइते हुनेमा सबै सल्यान जिल्लाका छन। जसमध्ये दार्मा गाउँपालिका -४ का ५४ वर्षिय वीरबल विक, बागचौर नगरपालिका -३ बस्ने २६ वर्षिय खुमराज बिक, कुमाख गाउँपालिका -६ बस्ने ४० वर्षिय दण्डवीर बिक, साेहि ठाउँका ३० वर्षिय रमेश बाेहाेरा, ३० वर्षिय हिमराज बाेहाेरा, ३२ वर्षिय, २० वर्षिय अर्जुन बाेहाेरा र १८ वर्षिय अर्जुन बुढाथोकी छन। घाइतेहरुकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको र ट्याक्टर चालक घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र दाङ घोराही उपमहानगरपालिका वडा नं. ३ का २९ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय होलेरीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले डिएसपी मगरले बताए।