मंसिर ३० काठमाडौ – हास्य कलाकार मनाेज गजुरेलले पछिल्लो समय विगतका अनेक आफ्नो पारिवारिक कुरालाई अहिले विभिन्न काेणबाट चर्चा र परिचर्चाले आफ्नाे परिवार लगायत छाेराछाेरीमा पनि मानसिक तनाव र मनमुटाव सिर्जना हुन थालेकाे भन्दै दु:ख व्यक्त गरेका छन।

कानुनी प्रक्रियाबाट नै इच्छाअनुसार आफ्नाे दम्पतीले सम्बन्ध बिच्छेद गरेकाले त्याे कुरालाई जाेडेर अहिले सामाजिक सन्जालमा सिधै आफ्नाे परिवारमा तनाव सिर्जना हुनेगरी भयकाे चर्चा र अझ उनकाे छाेराछाेरीकाे फाेटाे जाेडर दुरुपयोग गरिरहेकाे देख्दा आफुले पनि सामाजिक सन्जाल मार्फत प्रष्टिकरण दिएकाे गजुरेलले फेसबसकमा लामो स्टाटस लेखेका छन उक्त स्टाटसमा आफुहरुकाे सम्बन्ध बिच्छेद पछि छाेरी आमा संग गयकि र त्यसकाे आठ महिना पछि छाेरीले आमा संग नबस्ने भन्दै आफू संगै आएकाे कुरा पनि पहिला पटक सार्वजनिक गरेकाे बताएका छन। यसरी जथाभावी चर्चा गर्दा सचेत हुन सम्बन्धित सबैलाई आग्रह गरेका छन।

उनले लेखेकाे स्टाटास जस्ताको त्यस्तै हेर्नुहाेस:

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिकरण दिन बाध्य भएको छु ।

२. सकिएकाे सम्बन्धकाे आधारहीन आरोप र प्रत्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो असर गर्न थालेकाे महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेकाे मेराे डिभाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।

३. अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।

४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुराेध गर्दछु- मेरो र मेरा सन्तानको नाम, फोटो र बेप्रसङ्ग जाेडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशकाे कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।

५. याे पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद 🙏

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार