मंसिर २५ सल्यान – घरायसी विवादमा जेठाजुले भाई बुहारीलाई हत्या गर्ने प्रयास गरेका छन।

छत्रेश्वरि गाँउपालिका -२ खाेरबारे बस्ने जीबराज वलीले आफ्नै भाई बुहारीलाई कुटपिट गरेकाे स्थानीयले बताएका छन। उनका भाइ वैदेशिक राेजगारकाे लागि भारतमा गएका छन।

जीबराजले आफ्नो भाइ बुहारीलाई काटछु भन्दै हसिया लिएर प्रहार गर्न खाेजेपछि बुहारी भागेर ज्यान बचाएकि छन। हसियाले बुहारीकाे घाँटीमा थाेरै काटिएको भए पनि अवस्था सामान्य रहेकाे छ।

बुहारीलाई कुटपिट गर्न नपाएपछि रिसकाे आवेसमा भाईका छाेराछाेरीलाई कुटपिट गर्न गएपछि स्थानीयले बच्चाहरुलाई त्यहाबाट भगाएर बचाएका थिए। त्यसपछि जीबराजले पशु चौपाय माथि जथाभावी हसिया प्रहार गरि पशुकाे हत्या गरेका छन। ३ वटा माउ बाख्रा, १ भेडा, १ वटा बोका, ४ वटा ओथारो बसेको माउ कुखुरा समेत मारेपछि बन्चरो लिएर दमाचौरमा रहेको इलाका प्रहरी कार्यालयमा उनी आफै गएको स्थानीय विजय कुमार घर्तीले बताए।

घटना गएरातिकाे भएपनि प्रहरी आइबार दिउँसो करिब २ बजेतिर मात्रै घटनास्थलमा पुगेको छ। स्थानीयहरूले घटना भए देखि नै इलाका प्रहरी कार्यालय दमाचौरलाई पटकपटक फाेन गर्दा पनि प्रहरीले बेवास्ता गरेकाे घर्तीले जनसहारासंग बताए। उनी भन्छन्; `हामीले राति देखि नै दमाचौर प्रहरीलाई र वडा अध्यक्षलाई पटकपटक फाेन गर्यौँ तर फाेन सम्पर्कमा काेहि आएनन, हामीले मान्छेलाई जसाेतसाे सुरक्षित राख्न सके पनि पशु चौपायालाई बचाउन सकिएन, प्रहरी समयमै सम्पर्कमा आएकाे भए यति धेरै क्षति हुन्थेन।´ विजयले भने।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घटनाबारे बिहान खबर भएपछि इलाका दमाचौर प्रहरी कार्यालय दमाचौरमा त्यहाँका वडा अध्यक्ष सहितलाई राखेर छलफल गरि घटनास्थलमा प्रहरी निरीक्षककाे टाेलि खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले जनसहासंग बताए।

दमाचौरबाट प्रहरी निरीक्षक गाेपाल श्रेष्ठको कमान्डमा प्रहरी टाेलि घटनास्थल पुगि अनुसन्धान गरिरहेकाे र आराेपित जीबराज प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार