मंसिर १४ बाग्लुङ – गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ । उडिरहेको हेलिकप्टरमा चरा ठाेकिएपछि दुर्घटना भयकाे हाे। गलकाेट हटियाबाट १२:५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटनामा परेकाे हाे।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढि नगरपालिका वडा नम्वर ६ नुवाकोटमा आकस्मीक अवतरण गरेको हेलिकप्टरमा सवार बाग्लुङकाे गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिए। हेलिकप्टरमा चालकदल सहित पाँच जना सवार थिय। हेलिकप्टरमा सवार वडा अध्यक्ष भण्डारी सहित सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालक सकुशल नै छन । भने हेलिकप्टरकाे अगाडिको भागमा केही क्षति भयकाे वडा अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार