असाेज १६ दाङ – नुहाउने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -१२ स्थित राप्ती बबई क्याम्पसको नजिकै रहेको ग्वारखोला पुलनजिक उरहरी–जस्पुर सिँचाइ कुलो बाँधमा डुबेर साेहि तुलसीपुर उपमहानगरपालिका -६ का १४ वर्षीय अभिषेक भुसालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दाजुभाइ संगै नुहाउन गएको बेला भाईकाे डुबेर मृत्यु भएको घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार