असाेज १३ सल्यान – लुम्बिनी र कर्णाली प्रदेश जाेडने मुख्य मार्ग मध्येको एक राप्ती राजमार्ग हाे

जसले दक्षिण देखि उत्तर दिशामा दाङ, सल्यान र रुकुम पश्चिमलाई जाेडने गर्छ। लुम्बिनी प्रदेश अन्तर्गत दाङ सतबरिया महेन्द्र राजमार्गबाट घाेराही, तुलसीपुर र त्यहाँबाट कर्णाली प्रदेशको प्रवेशद्वार मानिने सल्यान कपुरकाेट हुदै शारदाकाे तिरैतिर रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगासम्म पुग्छ। याे दुरी करिब १७६ किलोमिटर रहेको छ।

बुधबार बिहान बाँकेकाे राप्ती सोनारी गाउँपालिका -९ ढकेरीबाट बिहे भोज खाएर सल्यानको रिम तर्फ फर्किने क्रममा रा १ ज ५६३ नम्बरको ९ जना सवार जिप बुधबार बिहान साढे ३ बजेतिर कपुरकोट गाउँपालिका -३ मुलपानीमा दुर्घटनामा पर्याे जसमा ८ जनाले घटनास्थलमै ज्यान गुमाए। उनी मध्ये कपुरकोट गाउँपालिका -६ जलबाङका ६ जना एउटै भाइ सन्तानका छन।

याे क्षेत्रमा यस्ता घटना वर्षै पिच्छे श्रृङखलावद्व रुपमा हुन्छन। राजमार्ग स्तराेन्ती भन्दै करोडौं बजेट पर्छ काम स्वरुप विभित्र खण्ड खण्डमा गरे जस्तो देखाए पनि परिणाम भने शुन्य भएकै कारण याे राजमार्ग मृत्यु राजमार्ग बन्ने गरेकाे छ। जसकाे प्रत्यक्ष मारमा सल्यान, रुकुम, राेल्पा र दाङका जनता पर्ने गरेका छन।

तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठकाे पालामा २०४२ मा ट्रयाक खुलेकाे याे राजमार्गमा करिब २०४४/०४५ सालतिरबाट सामान्य रुपमा गाडि गुडन सुरु गरेका हुन । दाङ – तुलसीपुर सल्यान खण्डतिर २०७० सालमा कालोपत्रे गरिएको हाे । चौबीसै घण्टा व्यस्त रहने याे राजमार्गमा कालाेपत्रे उम्किएर ग्रामीण कच्ची सडक झै स्वरुप बदलिएको छ । कालाेपत्रेकाे नमुना नै सकिएर खाल्डाखुल्डी र साँघुरो सडकमा तिव्र गति, क्षमता भन्दा बढी यात्रु तथा ओभर लाेड जस्ता यावत कारणले श्रृङखलाबद्ध दुर्घटना भइरहेका छन ।

याे राजमार्गमा भएका प्रतिनिधि मुलक दुर्घटना

२०६२ सालको कात्तिकमा भाइटिकाकाे भाेलिपल्ट त्रिवेणी गाउँपालिकाको सल्लेखाेलामा यात्रुवाहक बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु भयाे । २०६३ सालमा राप्ती भाण्टाखोलामा बस दुर्घटना हुँदा ४० जना भन्दा बढीको मृत्यु भयो। त्यसपछि सिद्धकुमाख गाउँपालिका अन्तर्गत पर्ने मोख्ला बजार नजिकै काठमाडौबाट रुकुमका लागि छुटेको बस दुर्घटना हुदा ८ जनाकाे मृत्यु भयाे । २०७६ बैशाखमा दाङबाट शैक्षिक भ्रमणमा सल्यान मुलपानी पुगेर फर्कने क्रममा राम्रीमा विद्यार्थी सवार बस दुर्घटना हुदा २७ जना विद्यार्थीको मृत्यु भयो ।

त्यसैगरि गत सालकाे कार्तिकमा पनि तिहारकाे भाेलिपल्ट सल्यानको दुलधाराबाट दाङको तुलसीपुरका लागि छुटेकाेल बस कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना हुदा १२ जनाकाे मृत्युु भयाे । गत सालकाे मंसिर २७ गते दाङ तुलसीपुरबाट सल्यान कपुरकाेटका लागि छुटेकाे यात्रुवहाक जीप तुलसीपुर – ३ सिरखोलामा दुर्घटना हुदा ४ जनाकाे ज्यान गएकाे थियाे।

अरबौँ बजेटमा परिणाम शुन्य

याे राजमार्गलाई बजेटकाे अभाव भने कुनै आर्थिक वर्षमा भएन । टुक्रे बजेटकाे रुपमा निरन्तर पाइरहेकाे याे राजमार्गमा समयमै काम पनि कहिल्यै भएन । कहिले सडक डिभिजनकाे लापरबाहीले बजेट विनियोजन भएकाे दशौ महिनासम्म पनि कामकाे कुनै प्रकिया चलाउन नसकेकाे पिडा याे राजमार्गले भाेगेकाे छ ।

आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने बहानामा काम गरे जस्तो गरि बालुवमा पानी हाले झै बजेट खर्च गरिने परम्परा याे राजमार्गले पनि भाेग्दै आएकाे छ । बजेट खर्च गर्न समेत समय नभएर पटकपटक रकम फ्रीज भएर जाने गरेकाे छ ।

संघीय अर्थमन्त्रालयबाट आर्थिक वर्ष ०७५/०७६ मा ४९ करोड बजेट विनियोजन भएकाे थियाे । आर्थिक वर्ष ०७६/०७७ मा स्तरोन्नतिका लागि भन्दै ९८ करोड बढि बजेट विनियोजन भयाे । त्यसबेला कामकाे जिम्मा पाएकाे उज्ज्वल निर्माण सेवाले दैनिक १५ घण्टा सम्म सडक बन्द गरेर काम चलायाे । तर परिणाममुखि काम भने कतै देखिएन ।

याे सडकखण्डमा भु-बनावटले पनि निकै चुनौती दिएकाे छ । कडा चट्टान तथा वर्षायामकाे समयमा निरन्तर वर्षेनी पहिराेका कारण पनि मर्मतको कुनै परिणाम देखिदैन।

याे राजमार्ग मध्ये अति जाेखिम मानिने क्षेत्र कपुरकाेट-तुलसीपुर खण्ड हाे। याे बाहेक अरिङगाले फेदी हुँदै लगभग सल्लेखाेलासम्मकाे अवस्था पनि उस्तै छ।

जहाँ छिटफुट बाहेक वर्षेनी अझ चाडपर्वकै समयमा भयानक दुर्घटना हुने र ठुलो मात्रामा जनधनकाे क्षति हुने गरेकाे पाइन्छ।

दुर्घटना हुनुमा प्रहरी अनुसन्धान अनुसार विभित्र तीन कारणले हुने गरेकाे बताउँछ। जसमध्ये मानवीय कारण, यान्त्रिक कारण र मापदण्ड बिहिन सडकलाई मुख्य कारण मानिन्छ। मानवीय कारण मध्ये चालक, सहचालक र यात्रुको लापरबाही भएको मान्ने गरिन्छ। यान्त्रिक कारणमा पुराना मर्मत नगरेको गाडी, रिसोलिङ गरेको टायर, कमसल सामान प्रयोग गरेर चालाउनुलाई मान्ने गरिन्छ भने मापदण्ड बिहिनका सडक भन्नाले मापदण्ड विपरीत अस्तब्यत तरिकाले खनिएको अनि मर्मत नगरेको सडकलाई मान्ने गरेकाे छ।

याे राजमार्ग सुधारका लागि विभिन्न समयमा छलफल हुने गरे पनि व्यवहारिक रुपम भने कार्यनयन भएको अवस्था छैन। यसाे त सल्यानबाट नेपाल सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि प्रदेश र केन्द्र सरकारमा निरन्तर जसाे सत्ताकै वरिपरि छन यहि राजमार्ग भएर ओहरदाेहर गर्दा समेत विडम्बना कसैको ध्यानमा याे राजमार्गमा पर्दैन।

भौगोलिक रुपमा स्तराेन्ती गर्न कठिनाई रहेकाे भएपनि पाएकाे जति बजेटले पनि निरन्तर मर्मतका कामहरु गर्न सके केही हतसम्म दुर्घटना न्युनिकरण गर्न सकिन्छ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार