असाेज ९ कास्की – खानेपानीकाे पाइप चाेरी गरेकाे आराेपमा वडा सदस्य सहित ४ जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा मादी गाउँपालिका -१ का वडा सदस्य ३४ वर्षिय खरजंग गुरुङ रहेका छन। उनि नेपाली कांग्रेसबाट निर्वाचित सदस्य हुन। त्यसैगरी मादी गाउँपालिका -७ थाक बस्ने ३५ वर्षिय रमेश गुरुङ, साेहि ठाउँका २६ वर्षिय निरज तामाङ र लमजुङ मध्यनेपाल नगरपालिका घर भई हाल पाेखरा महानगरपालिका -१३ बस्ने रिदम भनिने सुनिल परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पाइप चोरीको आरोपमा पक्राउ परेका छन् । सरकारी लगानीको थाक खानेपानीको पाइप चोरी गरेको आरोपमा उनीसँगै ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

वडा सदस्य गुरुङ सहित उनिहरुले मादी गाउँपालिका -५ काउरेबाट गत ५ गते राति करिब १ बजेतिर थाक खाेला खानेपानीकाे पाइप काटेर ग १ त ५१३७ नम्बरको ट्रयाक्टरमा लैजादै गर्दा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार