असाेज ९ सल्यान – चाड पर्वलाई लक्षित गरी यात्रा गर्ने नागरिक तथा यात्रुहरुको सहजताको लागि बागचौर नगरपालिका -२ थारमारे बजारमा नागरिक/ यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

हिन्दुहरुको महान चाड वडा दशै, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी यात्रा गर्ने नागरिक तथा यात्रुहरुको सहजतको लागि ईलाका प्रहरी कार्यालय थारमारेले उक्त कक्षकाे स्थापना गरेकाे हाे।

चाडपर्वकाे समयमा यात्रुहरूको चाप धेरै हुने भएकाले यातायात व्यवसायीहरुमा प्रतिस्पर्धात्मक भावना, यात्रुहरुकाे असहजता, अव्यवस्थित सवारीसाधन संचालन लगाएत दुर्घटना न्युनिकरणका लागि समेत टेवा पुग्ने इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताए।

थारमारे बजार राप्ती राजमार्ग अन्तर्गत सल्यान-रकुम खण्डकाे मुख्य व्यापारिक केन्द मध्येकाे एक हाे।

यात्रु सहायता कक्षकाे उदघाटन बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले गरेका हुन। उदघाटन कार्यक्रममा प्रहरी सामुदायिक साझेदार समितिका अध्यक्ष तथा वडा नम्बर -२ का वडा अध्यक्ष दिपेश डि.सी, थारमारे बजारवासी, विभिन्न यातायात व्यवसायी, पत्रकार लगायतको उपस्थित रहेको थियाे।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार