असाेज ८ काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा युवाहरुले कालो झण्डा देखाउँदै विरोध गरेका छन् ।

ओली मधेश विरोधी नेता भएको भन्दै `ओली चोर मधेश छोड्´ को नाराबाजी सहित जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाइएका हुन। जनकपुर विमानस्थलबाट ओली गाडीमा जनकपुर जयनगर रेल चढ्न जाने क्रममा अगाडि बढ्न खोजेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवाहरुले नाराबाजी गरेका थिए ।  सो क्रममा युवाहरु र प्रहरी बीच सामान्य झडप समेत भएको थियो ।

ओलीले मधेश विरोधी गतिविधि गरेको र राष्ट्रपतिलाई ओलीले नै नागरिकता विधेयक पारित गर्न नदिएर देशमा द्वन्द निम्त्याउन खोजेको आराेप लगाएका छन। धनुषाको विदेह नगरपालिका स्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा जान ओली रेल चढेर महिनाथपुर स्टेशनसम्म रेल चढेर पुगेका हुन।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा नेकपा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार