असाेज ७ बुटवल – चोरी गर्ने क्रममा हतियार सहित एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा पाल्पाकाे तिनाउ गाउँपालिका वडा नं.-५ बस्ने २१ वर्षिय खगेन्द्र गाहा मगर रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

उनले बिहीबार राति करिब साढे १२बजेतिर रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.-४ संगम पथमा रहेको एक घरमा प्रवेश गरी खुकुरी तथा चक्कु देखाई चोरी गर्न लागेको अबस्थामा पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

पक्राउ परेका उनलाई अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा राखि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार