असाेज ६ काठमाडौ – बिहीबार दिउँसो करिब ३ बजेकाे समयमा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुगेको छ।
उपचारको क्रममा थप एक जनाकाे जिल्ला अस्पताल रुकुमकाेटमा मृत्यु भएको भए पनि अहिलेसम्म आमाछाेरीकाे पनि मृत्यु भएको खुले पनि आधिकारिक रुपमा सनाखत कसैको नभएको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व)का प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
अन्य १२ जना घाइते भएको र उनिहरुकाे जिल्ला अस्पताल रुकुमकाेटमा उपचार भइरहेको छ जस मध्ये केहिलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था समेत रहेकाे प्रहरी नायव उपरीक्षक डाँगीले बताए
त्यसैगरी उक्त घटना प्रति गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनामा परेका घाइतेहरूको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न फाेन मार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट बाेलाइएर घाइतेहरुलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र काेहलपुर लिने क्रम सुरु भएको प्रहरी नायव उपरीक्षक डाँगीले बताए।
काठमाडौं बाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका -३ क्याङसी बगरमा दुर्घटना परेकाे हाे।