असाेज ६ जाजरकोट – पेस्तोल र विस्फोटक पदार्थ सहित एकजना जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा नलगाड नगरपालिका वडा नं. -५ ऐरारी बस्ने ईन्द्र बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

शाही साेहि नगरपालिकाकाे वडा एरियामा हातहतियार सहित हिडिरहेको भन्ने गोप्य सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा बुधबार शाहीलाई नलगाड नगरपालिका वडा नं. ५ स्थित सिर्के भन्ने ठाउमा फेला पारि चेकजाँच गर्दा ५ राउण्ड गोली, पेस्तोल र प्लास्टिक हेण्ड ग्रिनेट सहित फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

उनकाे शरिर खानतलासी गर्दा No 2MM 9 ROUND, MADE IN U.S.A. लेखेको पेस्तोल H.G.Lot 4 लेखिएको तयारी अवस्थामा रहेको प्लाष्टीक हेण्ड ग्रिनेट थान १ समेत बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत जाजरकोटबाट ७ दिनकाे म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार