असाेज ५ चितवन – बालबालिका अपहरण गर्ने एक भारतीय महिला पक्राउ परेकि छन।

पक्राउ पर्नेमा भारतकाे रहसी गाउँ बस्ने ३८ वर्षिय अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उनलेे मंगलबार चितवन भरतपुर महानगरपालिका वडा नं.१७ गञ्जनगरबाट एक ४ वर्षिय बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

पक्राउ पछि उनी विरुद्ध चितवन जिल्ला अदालतबाट अपहरणतथा शरीर बन्धक सम्बन्धी कसूरमा चार दिनकाे म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार