मंसिर ०१ काठमाडौ – पश्चिमी वायुको प्रभावले देशभरको मौसम प्रभावित भएको छ। हिमाली जिल्ला हुम्ला ,जुम्ला,डाेल्पामा हिमपात सुरु भइसकेको छ भने पहाडी जिल्लाका उच्च स्थानमा पनि हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

विशेषगरी देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरु प्रभावित भएका छन। मौसम बदली भई वर्षा र हिमपात भएको छ।  मौसममा आएको बदलीसंगै देशभर चिसो बढेको महशुस गरिएको छ।

अहिले लुम्बिनीको दाङ, बाँके, राेल्पा वर्षा भइरहेको छ। हिजो धनगढी, दैलेख, सुर्खेतलगायत स्थानमा वर्षा भएको थियो। आज  दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। साथै, देशको उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

मंगलबार दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने संभावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। भने राति पहाडी भूभागमा आंशिक बदली तथा सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यले बताइन।

प्रकाशित मिति : २०७७ मङ्सिर १ गते सोमवार