असाेज १ बाँके – प्रतिबन्धित लागुऔषध ब्राउन सुगर काराेबारमा संलग्न श्रीमान श्रीमती सहित तिन जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

लागुऔषध ब्राउन सुगरकाे काराेबार भइरहेकाे भन्ने गाेप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काेहलपुरबाट खटिएको प्रहरी टाेलिले मनाेजलाई संकास्पद लागेपछि पछ्याउँदै जाने क्रममा कोहलपुर नगरपालिका वडा नं. १२ चप्परडौडीस्थित कार्कीको घरबाट किनबेच गरेर फर्कनै लाग्दा पक्राउ गरि कार्कीकाे घर खानतलासी गरेपछि गिराेह नै पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

उनीहरूबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, पाँच लाख ७३ हजार ८ सय १० रुपैयाँ, डिजिटल तराजु समेत बरामद गरिएको छ। उनिहरु आफू प्रयोगकर्ता संगै काराेबार पनि गर्ने गरेकाे खुलेकाे र उनिहरु माथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घर्तीले बताए।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार