भदौ २९ काठमाडौ – शिक्षक सेवा आयोगले गत साउन २८ गते लिइएको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ ।

बुधबार बेलुका सार्वजनिक भएको नतिजा अनुसार कुल परीक्षार्थीको १८.२६ प्रतिशत मात्रै सफल भएका छन। जम्मा १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै उतिर्ण भएकाे आयाेगले जनाएको छ।

प्रदेश १ मा कुल ३१ हजार ६८८ जनाले परीक्षा दिएकाेमा ६ हजार ४१९ जना पास भएका छन् । जस अनुसार २०.२६ प्रतिशत मात्रै पास भएका छन् ।

मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् भने जसअनुसार १०.५९ प्रतिशत मात्रै पास भएका हुन्। बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् भने २४.८० प्रतिशत पास भएका हुन् ।

गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् भने २१.९७ प्रतिशत पास भएका हुन। लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना पास भएका छन् भने २०.७७ प्रतिशत पास भएका हुन ।

कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना पास भएका छन भने १३.१८ प्रतिशत पास भएका छन। सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् भने १५.०७ प्रतिशत भएका हुन।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार