भदौ ८ क्वालालम्पुर – भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री ६९ वर्षीय नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ।

सन् २००८ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री रहेका रजकलाई मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेपछि नजिबलाई जेल चलान गरिएको हो। सन् २०२० को जुलाईमा दोषी ठहर भएका रजाक पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए। उनीमाथिको दण्ड ढिलाई गर्न गरेको उनकाे अनुरोधलाई अदालतले अस्वीकार गरेपछि जेल सजाय ताेकिएकाे हाे।

मलेसियाको सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरि रजकले करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख )डलर भ्रष्टाचार गरेको अभियोग रजकमाथि छ।

नजिबले आफू प्रधानमन्त्री हुँदा सन् २००९ मा मलेसियाको आर्थिक विकासका लागि भन्दै ‘दि वान मलेसिया डेभलपमेन्ट बर्हार्ड फन्ड’ स्थापना गरेका थिए। उक्त कोषबाट लाखौं डलर निजी खातामा राखेको पाइएपछि अनुसन्धान थालिएको थियो। उक्त रकम रियल स्टेट, निजी विमान, हलिउड फिल्म लगायतमा लगानी गरेको भेटिएको थियो।

तर रजकले भने आफू माथिकाे अभियाेग अस्विकार गरेका छन। आर्थिकसामाजिक सल्लाहकारकाे कमजोरीले अभियाेग लागेकाे उनले बताउदै आएका छन।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार