कात्तिक २० नवलपरासी(पूर्व) – जिल्ला स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका पाँचजना मजदुरको पहिरोमा पुरिएर ज्यान गएको छ। बुधबार साँझ ५ बजे नवलपरासी (पूर्व) स्थित बुलिङटार गाउँपालिका-३ खसुवामा ती मजदुरको ज्यान गएको हो। ज्यान गुमाउने सबै एकै गाउका रहेका छन।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रवक्ता प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिरोमा परि ज्यान गुमाउनेहरूमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-४ बस्ने २० वर्षीय गोपाल गरञ्जा, गरञ्‍जाकै गाउँका करिब ४३ वर्षीय सुन बहादुर पुलामी, २० वर्षीय तारा बहादुर लुङ्गेली, अर्का २० वर्षीय चेत बहादुर अस्लामी र करिब २९ वर्षीय तुलबहादुर सारु रहेका छन्। भने घटनामा घाइतेहरूमा बुलिङटार गाउँपालिका-४ बस्ने १९ वर्षीय केवल सिंह लुङ्गेली र २१ वर्षीय कृष्ण सिंह लुङ्गेली छन्। उनीहरुकाे अवस्था सामान्य रहेकाे बताइएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार