साउन ९ अछाम – तुर्मखाँद गाउँपालिका वडा नं -२ पहिराेमा पुरिएर एकै परिवारका तीन जनाकाे मृत्यु भएको छ।

गयरातिकाे अविरल वर्षाको कारण पहिरोमा परि स्थानीय भुलुका गाउँका अमर बिष्टका एकै परिवारका ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मृत्यु हुनेमा ४५ वर्षिय हरिकला बिष्ट, २५ वर्षिय बिरेन्द्र बिष्ट र १५ वर्षिय संविधान बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए।

घरमा सुतिरहेकाे अवस्थामा घरमाथिबाट आएकाे पहिरोले घर भत्काएपछि तिनै जनाकाे घटनास्थलमै मृत्यु भएको र अहिले शवहरु निकाली पाेष्टमार्टकाे लागि पठाउने तयारी गरिएको प्रहरी नायव उपरीक्षक डाँगीले बताए।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार