श्रावण १० दाङ – राप्ती गाउँपालिकामा पर्ने भालुवाङस्थित दक्षिणकाली सोल्टी होटेलबाट बिहीबार बेलुकी लागू अाैषध सहित राेल्पाका चार युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका २ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर, ३२ वर्षीय लालमन घर्ती मगर र सुनछहरी ५ का ३५ वर्षीय दुजबहादुर रोका रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । उनीहरुले प्रयोग गरेको लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जीप, लु ४० प ९८०६ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकल र विभिन्न कम्पनीका ५ थान मोवाइलसमेत नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूलाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दश दिनको म्याद थप गरि अनुसन्धान सुरू गरिएको उनले बताए।प्रहरी नायब उपरीक्षक सुमित खड्काले रोल्पालगायत जिल्लाबाट अफिम, चरेसजस्ता प्रतिवन्धित लागुऔषध उत्पादन गरी दाङलाई ट्रान्जिट बनाएर अरू जिल्लामा सप्लाइ हुने गरेको अनुसन्धानबाट खुलेको बताए।
दाङ हुँदै बाँके, कपिलबस्तु, रुपेन्देही भएर छिमेकी देश भारतसम्म र भारतबाट समेत त्यस्तै लागुऔषध भित्रने गरेको अनुसन्धानले देखाउँछ,’ उनले भने । प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा गाँजाका बोटसमेत नष्ट गर्ने अभियानलाई तीब्रता दिएको छ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिवार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर १८ अम्बापुरस्थित बिभिन्न स्थानमा गाँजाका बोट नष्ट गरेको उनले जानकारी दिए