कात्तिक १९ काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ। उनकी पत्नी सीता महराको आज बिहान ६:३० बजे निधन भएको हो। नर्भिकमा पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
गत १५ गतेदेखि सितालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित पनि रहेकी थिइन्। काठमाडौंको नर्भिक अस्पतालमा उपचारकाे क्रममा सीताको ५९ वर्षमा निधन भएको छाेरा राहुल महराले बताए।
दशैंमा मनाउन पुर्ख्यौली घर रोल्पाकाे सदरमुकाम लिवाङ स्थित मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई चिसाे तथा निमाेनियाकाे सङका गरि कात्तिक १३ मा दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वाशप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।