कात्तिक १८ पाल्पा – नेपाल उधोग बाणिज्य महासघंका केन्द्रीय सदस्य किशोर आचार्य र कोहोलपुर उधोग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी सवारी दूर्घटनामा परि घाइते भएका छन् ।

आचार्य नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, उद्योग वाणिज्य संघ राेल्पाका पुर्व अध्यक्ष, नेपाली कांग्रेस राेल्पाका उप-सभापति र रेडक्रस साेसाइटी जिल्ला शाखा राेल्पाका पुर्व उप-सभापति समेत हुन। कोहोलपुर उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारी र आचार्य पाल्पा तानसेनदेखि कास्की पोखरा तर्फकाे सडकखण्ड अन्तर्गत आर्य भनज्याङ बेलौतिडाडामा उनीहरु दुर्घटनामा परेका हुन। कारमा सवार दुवैजना चालक भने अधिकारी आफै थिए।

घाइते दुवै जनाकाे पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको र आज नै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी भएकाे बताइएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार