कात्तिक १५ काठमाडौं – प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कर्णाली प्रदेशमा देखिएको विवादपछि भेटवार्ता रोकिएको थियो। याे संगै राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना र भारतीय जासुस संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता लगायतका विषयमा ओली दाहालबीच मत छिनिएकाे थियाे। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि झन्डै ११ दिनपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो।
अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने बाहिर मिडियामा आए जस्तो नभएको दाबि गरेका छन । यस अघि पनि छलफल भइरहेको सापकोटाले बताउछन।
शुक्रबार प्रधानमन्त्री ओली र प्रचण्डले आफ्ना आफ्ना दुतहरुकाे रुपमा परिचालन गरि छुट्टाछुट्टै छलफललाई तिव्रता दिएका थिए। आफू निकटका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाएका थिए। यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रचण्डसँग बुधबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भने ओलीले आफू निकटका नेताहरूलाई दिनहुँ खुमलटार पठाउने गरेका थिए।