कात्तिक ११ नवलपरासी – जिल्लाकाे(बर्दघाट सुस्ता पश्चिम)मा दशैकै दिन साेमबार धारिलो हतियार प्रयोग गरी हत्या गरिएकाे अवस्थामा एक वृद्ध पुरुषको शव फेला परेको छ । उक्त शव सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव रहेकाे बताइएको छ।

स्थानीय मन्दिरका पुजारी समेत रहेका केवट उनको आफ्नै कुटी नजिकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा भेटिएका थिए। हत्याराको खोजी तथ घटनाकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार