कात्तिक ७ सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव विफल भएको छ।
शुक्रवार सुर्खेतमा बसेको नेकपाको प्रदेश सभा संसदीय दलको बैठकपछि उक्त प्रस्ताव विफल भएको घोषणा गरिएको हो।

संसदीय दलको बैठकमा १८ जनाले अविश्वासको प्रस्तावको विपक्षमा मत प्रकट गरेका थिए भने प्रस्तावको पक्षमा शुन्य मत परेको थियो किनभने अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेका सांसदहरू दलको बैठकमा एकजना पनि उपस्थित थिएनन्।

संसदीय दलमा प्रस्ताव विफल भएपछि कर्णाली प्रदेश सभामा नेकपाकी प्रमुख सचेतक सिता नेपालीले पत्रकार सम्मेलन मार्फत यो जानकारी गराएकी हुन्।
कर्णालीमा ३३ जना संसद छन जसमध्ये ती मध्ये एकजना सभामुख भएकाले निर्वाचनमा ३२ प्रदेश सभा सांसद जना सहभागी थिए।

उक्त विवाद नेकपा संसदीय दलमा अकस्मात उत्पन्न भएको देखिएको विवाद केन्द्रमा मिलाउने प्रयत्न भएपनि अध्यक्ष द्वय केपी ओली र प्रचण्डले नसकेर नेताहरु सुर्खेत रित्तो हात फर्किएका थिए।

अविश्वास प्रस्ताव दर्ता गर्नेहरूमा दुवै अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेश सभा सदस्यहरू पनि थिए। तर प्रचण्ड र नेपाल पक्षका नेताहरूबीचको सहमतिपछि उनीहरू निकट सदस्यहरूले प्रस्ताव फिर्ता लिएका थिए।

आफू माथि अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्रीले प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका थिए। शाह प्रधानमन्त्री ओली पक्षका मानिन्छन्। त्यस लगत्तै नयाँ प्रमुख सचेतकमा सीता नेपालीलाई नियुक्त गरेका थिए।

केन्द्रमा विवाद निरूपण हुन नसकेपछि सुर्खेतमा नै विवाद मिलाउने भनियाे र अन्तत सुर्खेतमै टुङ्गो लाग्याे ।

के भन्छन पुर्व प्रमुख सचेतक शाह ?

गुलावजंग शाहले मुख्यमन्त्रीले अल्पमतमा परेको अवस्थामा गरिएको निर्णयको आधारमा भएको बैठकलाई वैधता दिन नसकिने बताए । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले दिएको लिखित निर्देशनसमेत नमानिएको उनले आरोप लगाएका छन् । उनका अनुसार ओलीले बुधबार मुख्यमन्त्री शाहीलाई प्रमुख सचेतकसम्बन्धी निर्णय सच्याउन निर्देशन दिनुभएकाे छ । अब उहाले अध्यक्षकाे निर्देशन मान्नु पर्छ कि पर्दैन ? भनेर प्रश्न गरेका छन।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार