जेठ २३ सल्यान – जिल्ला समन्वय समिती सल्यानको निर्वाचन जेठ २९ गते हुने भएको छ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरे संगै सत्ता गठबन्धन दलकाे बैठक साेमबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ।
उक्त बैठकमा गठबन्धन मध्ये सल्यानका तीन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच भागबन्डा गरिएको छ। जस अनुसार प्रमुख नेपाली कांग्रेस, उपप्रमुख माओवादि केन्द्रले लिने सहमति भएको निवर्तमान जिल्ला समन्वय समिति प्रमुख समेत रहेका नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टले बताए।
त्यस्तै अन्य सदस्यहरुमा कांग्रेसलाई एक पुरुष खुला सदस्य र दुई महिला सदस्य, माओवादी केन्द्रलाई एक पुरुष खुला सदस्य, एक महिला सदस्य सहित एक दलित महिला सदस्य, एकीकृत समाजवादीलाई एक पुरुष खुला सदस्य दिने सहमति भएको सभापति विष्टले बताए।