जेठ २० सप्तरी – महिला वडा सदस्यले वडा अध्यक्ष माथि चप्पल प्रहार गरेकि छन।

बलान बिहुल गाउँपालिका -२ की वडा महिला वडा सदस्य उर्मिलादेवी गुप्ताले साेहि गाउँपालिका -४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बिहीबार कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कसी चप्पल प्रहार गरेकाे र त्यसपछि सुरक्षार्थ खटिएको ईलाका प्रहरी कार्यालय कडोरवनाकाे प्रहरी टाेलिले चप्पल प्रहार गर्ने वडा सदस्यलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले बताए।

कार्यपालिका सदस्य निर्वाचनको क्रममा केही विवाद उत्पन्न भएपनि मतदान भइसकेपछि वडा अध्यक्ष माथि एक्कासि चप्पल प्रहार भएपछि केही समय अवस्था तनावग्रस्त रहे पनि अन्य अप्रिय कुनै घटना नभएको र छलफलकाे लागि सर्वदलीय बैठक बाेलाएकाे प्रहरी उपरीक्षक काफ्लेले बताए।

सबै दलकाे सहमति मतदान समेत सकिएपछि महिला सदस्य गुप्ताले वडा अध्यक्ष माथि चप्पल प्रहार गर्नु निन्दनीय रहेकाे भन्दै उक्त गाउँपालिका कतिपय जनप्रतिनिधि लगाएत गाउँपालिका अध्यक्ष खेमचन्द यादवले समेत उनलाई निलम्बन गर्नुपर्ने बताएका छन।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार