जेठ २० प्युठान – भरुवा बन्दुक सहित दुई जनालाई प्युठान प्रहरीले पक्राउ गरेकोमा छ।

ऐरावती गाउँपालिका-१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई २ थान भरूवा बन्दुक सहित बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

विषेश सूचनाको आधारमा प्रहरी चौकी दाङवाङ र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा १/१ थान भरुवा बन्दुक आ-आफ्नो गोठमा लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।

पक्राउ परेका दुवै माथि हातहतियार तथा खरखजाना मुद्दा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार