जेठ २० स्याङ्जा – हातहतियार तथा खरखजना मुद्धाका फरार एक प्रतिवादी पक्राउ परेका छन।
पक्राउ पर्नेमा हरिनास गाउँपालिका -३ बस्ने ४१ वर्षिय तुल बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
स्याङ्जा जिल्ला अदालतले २०७८।०६।१९ गते हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र रु.६,०००।–(छ हजार) जरिवानाकाे फैसला गरेपछि फरार रहेका रानालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएका प्रहरी टोलीले बिहीबार उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।
पक्राउ परेका रानालाई बिहीबार नै स्याङ्जा जिल्ला अदालतमा बुझाइ त्यहाँबाट कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाईएको प्रहरी नायव उपरीक्षक खनालले बताए।