जेठ १९ नेपालगन्ज – नेपालगन्जस्थित वीरेन्द्र चाेकमा स्वर्गीय राजा वीरेन्द्र शाहकाे शालिक राखेपछि प्रहरी र राप्रपाका कार्यकर्ताबीच झडप भएको छ।

राप्रपा निकट कार्यकर्ताले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा शाहको हत्या भएको २१ वर्ष पुगेकाे दिन अवसर पारि शालिक राखेको थियो।

शालिक राखिसकेपछि आएको प्रहरी र सशस्त्र प्रहरी बलकाे टाेलिले उक्त शालिक हटाउन खाेजेपछि राप्रपाका कार्यकर्ताहरुले नहटाउन भन्दै प्रहरीलाई आग्रह गरेपनि प्रहरीले बल प्रयाेग गरेर हवाई फायर समेत गरेकाे राप्रपा बाँकेले जनाएको छ।

अहिले उक्त क्षेत्र तनावग्रस्त अवस्थामा छ। आक्राेशित भिडले राजा वीरेन्द्रको शालिक हटाएको भन्दै सेतु बिकको शालिक तोडफोड गरेकाे छ। उता बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले त्यहाँ अवस्था तनावग्रस्त नै रहेकाे स्विकार गरेका छन।

प्रजिअ खत्रीले जनसहारा अनलाइन संग भने: `आक्राेशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईडाक फायर गरेछ, थप अप्रिय घटना हुन नदिन जिल्लाबाट थप प्रहरी र सशस्त्रकाे टाेलि परिचालन गरिसकेको छु।´ अहिले उक्त क्षेत्रमा मानिसहरुकाे आवातजावतलाई पनि निषेध गरि सुरक्षाकर्मीले घेरभित्र लिएको प्रजिअ खत्रीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार