जेठ १७ सल्यान – विभिन्न मुद्दामा फरार दुई प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेकाे छ।
लेनदेनको बिगो मुद्दाका फरार प्रतिवादी बागचौर नगरपालिका -१० पिपलनेटा बस्ने ४३ वर्षिय देवराज गिरीलाई पक्राउ गरेकाे हाे। गिरी विरुद्ध दाङ दङ्गिशरण गाउँपालिका -१ बस्ने निम बहादुर भण्डारीले दिएकाे लेनदेनको बिगो मुद्दामा दाङ जिल्ला अदालतकाे गत चैत २५ गतेको फैसला अनुसार गिरीले भण्डारीलाई तिर्नुपर्ने सावाँ व्याज सहितको रकम नतिरेको हुँदा २ वर्ष कैद तोक्दै सल्यान कारागार कार्यालयमा पठाउन आदेश पछि फरार रहेका गिरीलाई ईलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी सहायक निरीक्षक हरि कुमार न्यौपानेकाे कमान्डमा खटिएको चारजनाको प्रहरी टाेलीले आइतबार पक्राउ गरि साेमबार सल्यान जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
त्यसैगरि हुंडारको छाला (अखेटोपहार ओसार पसार) मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेका छन। पक्राउ पर्नेमा बागचौर नगरपालिका -६ कोटबारा बस्ने ३२ वर्षिय गोपाल बस्नेत रहेका छन।
हुंडारको छाला (अखेटोपहार ओसार पसार) मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले गत असार ६ गते ३५ दिने पक्राउ पुर्जी तामेल गरिएकाेमा उक्त समयवधिमा बस्नेत अदालतमा उपस्थित नभइ हालसम्म फरार रहेकाेमा ईलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी सहायक निरीक्षक सशीराम जैसीकाे कमान्डमा खटिएको चारजनाको प्रहरी टोलीले साेमबार बिहान पक्राउ गरि आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङमा पठाईएको प्रहरी निरीक्षक खनालले बताए।