जेठ १६ चितवन – बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

राप्ती नगरपालिका – १ लोथरकि अन्दाजी ५५ वर्षिय साेतिमाया तामाङकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र साेमबार अपरान्ह करिब ४ बजेतिर घाँस काट्न गएकी तामाङलाई बाघले आक्रमण गरेको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी टोलीले घटनास्थलमा पुग्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार