जेठ १६ काठमाडौ – आइतबार देखि सम्पर्क बिहिन भएको जहाज दुर्घटनामा परेका २२ जना मध्ये १४ जनाको शव फेला परेको छ।

१२ जनाको छरिएको अवस्थामा र २ जनाको जहाजका पार्टले च्यापिएकाे अवस्थामा फेला परेको तथा अन्यको खोजी भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए।

घटनास्थलबाट उद्दार कार्य सकेर शवहरु हेलिकोप्टरबाट कोवाङ ल्याएर बाकी प्रक्रिया गर्ने तयारी गरिएको तर मौसम खराबीका कारण हेलिकप्टर अवतरणमा पनि समस्या आएपछि अहिले सबै शव घटनास्थलमै राखिएको सहायक रथी सिलवालले बताए।

उक्त जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा। सहित दुई परिवारका १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक सवार थिए।

पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९:५५ मा उडेको तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहिन भएको थियाे।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार