जेठ १५ काठमाडौ – बिहान देखि पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज बारे अहिलेसम्म कुनै तथ्य फेला परेकाे छैन।
अहिले सामाजिक संजाल र विभिन्न मिडियाहरुले जहाज दुर्घटनाग्रस्त भेटिएको अफवाह फैलाए पनि खाेजिकार्यमा खटिएको नेपाली सेनाकाे टाेलिले अहिलेसम्म जहाजको केही अवस्था पत्ता नलागेकाे जनाएको छ।
खाेजिकार्यमा खटिएको टाेलिले अब रातिकाे समयमा खाेजि सम्भव नहुने भएकाले आजलाई खाेजिकार्य स्थगित गरिएको जनाएको छ।
खाेजिकार्यका लागि दुईवटा हेलिकप्टर र जमिनबाट पनि स्थलगत पैदल टाेलि खटिएको र भोलि बिहानबाट पुनः खाेजिकार्य सुरू गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए।
पोखराबाट जोमसोमका लागि बिहान उडेको तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहिन भएको हाे।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको जहाज १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज निर्धारित समय बितिसक्दा पनि सम्पर्कमा नआएपछि खाेजिकार्य सुरु गरिएको हाे।
उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा सहित १३ नेपाली, ४ भारतीय र २ अन्य देशका नागरिक सवार छन।