जेठ १४ सल्यान – स्थानीयकाे दाहसंस्कारमा मलामी गएका एक जनाकाे मृत्यु भएको छ।

शनिबार शारदा नगरपालिका -१४ ढारखानीका स्थानीय ४० वर्षिय विजय पुनकाे आफ्नै कालगतिले मृत्यु भएपछि दाहसंस्कारकाे लागि सिद्ध कुमाख गाउँपालिका -३ ढाेरचौर स्थित शारदा नदिमा मलामी गएका शारदा नगरपालिका -१४ च्याउखाेलाका ३७ वर्षिय बहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मलामी गएका शाहीले दाहसंस्कार भएकाे ठाउँ नजिकै नुहाउने क्रममा डुबेपछि उपचारको लागि जिल्ला अस्पताल सल्यान लिने क्रममा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

घटनाकाे जानकारी पछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सन्ताेष खनालकाे कमान्ड SOCO सहितकाे पाँच जनाकाे प्रहरी टाेलि खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार