जेठ १४ राेल्पा – रुखबाट लडेर एक किशाेरकाे मृत्यु भएको छ।

गंगादेव गाउँपालिका -५ उदिनढुगांका ओपेन्द्र वलीका १६ वर्षिय छाेरा थलराज वलीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

शुक्रबार बेलुका करिब ७ बजेतिर वली आफ्नै घर नजिकै घाँस काटन गएकाे बेला रैजकाे रुखबाट लडेर घाइते भएपछि उपचारकाे लागि मेडिकल कलेज काेहलपुर लिनेक्रमा शुक्रबार राति करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार