जेठ १३ बुटवल – नेपाल आयल निगमकाे डिपो अगाडि आगलागी भएको छ।

रूपन्देहीको भलबारीस्थित निगमको डिपोमा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा एकैसाथ दुईटा  ट्यांकरमा अचानक आगलागी भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले जनाएकाे छ।

अघि साढे ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा एकैसाथ लागेकाे आगाेबाट लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको र साेही ट्याक्टरका सहचालक तिलोत्तमा नगरपालिका -९ का १८ वर्षीय विजेश चौधरी घाइते भएकाे ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले बताए।

उक्त आगाे सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकल गरि तिनवटा दमकलले करिब २५ मिनेकाे समयमा नियन्त्रणमा लिएका प्रहरी नायव उपरीक्षक डाँगीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार