जेठ ९ रुपन्देही – बालिकालाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाल रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
ढकालले १२ वर्षीया एक बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि जबरजस्ती करणी गरेको भन्ने खबरकाे आधारमा आइतबार बेलुका पक्राउ गरेकाे र अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।