जेठ ९ काठमाडौँ – सुन्दरी प्रतियोगिता आयाेजना गरि प्रतियोगी युवती माथि बलात्कार गरेको आरोप लागेका कपिलवस्तुका मनोज पाण्डे विरुद्ध मानव बेचबिखन कसुरमा अनुसन्धान गरिने भएको छ।

साेमबार पाण्डेलाई अदालतमा पेस गरि मानव बेचबबिखन तथा ओसारपसार ऐन, २०७४ अन्तर्गत मुद्दा दायर गरि थप अनुसन्धान बढाउने गरि पाण्डे विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत अनुसन्धानका लागि अदालतमा म्याद थप गरि मुद्दा चलाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पिडित युवतीले बलात्कार भएको सार्वजनिक गरेपनि हदम्यादका कारण बाधक हुने भन्दै मानव बेचबिखन तथा ओसारपसार कानुनमा हदम्यादको व्यवस्था नभएकाले साेहि अनुसार अनुसन्धान थालिने प्रहरीकाे तयारी छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार