जेठ ७ काठमाडौ – सौन्दर्य प्रतियोगीता आयाेजना गरि पछि साेहि प्रतियोगितामा सहभागी प्रतियाेगी माथि बलात्कार गरेको आरोप लागेका मुख्य आराेपितकाे रुपमा समेत पिडितले सार्वजनिक गरेका मनोज पाण्डे पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धानकाे रुपमा परिचालन हुने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई शनिबार स्वयम्भूबाट पक्राउ गरेको जनाएको छ।

उक्त घटनाले अहिले देशभर सडक तताइरहेकाे छ। केही दिनदेखि विभिन्न सामाजिक सञ्जाल लगाएत मिडियाहरु महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे पिडितकाे न्यायका लागि एक अधिवक्ताले आफ नि:शुल्क रुपमा उक्त मुद्दा प्रक्रिया लडने प्रतिबद्धता जनाएका छन।

राजनिती हिसाबले समेत चर्चामा आएका `राइट टु रिजेक्ट´ काे अवधारणा सहित नेपाली राजनीतिमा उन्नत लाेकतन्त्र पार्टीको संस्थापक अध्यक्ष समेत रहेका अधिवक्ता स्वागत नेपालले ती युवतीलाई न्याय दिलाउन जसरी पनि आफुले दाेषि विरुद्ध मुदा दायर गर्ने प्रतिबद्धता गरेका हुन।

अधिवक्ता नेपाल भन्छन्; `अहिले पिडित पक्षसँग परामर्श गरिरहेकाे छु, हद म्यादका कारण मुद्दा दर्ता नगर्ने भन्ने हुदैन, यदि त्यस्तो भयाे सम्बन्धि प्रहरी प्रशासन वा अन्य निकाय मुद्दा दर्ता अस्विकार गर्ने विरुद्ध पनि मुद्दा दायर गरेर अदालत जान्छु।´ र उनी थपछन: यस्तै प्रकृतिका धेरै केसहरुमा काम गरिसकेको टुंगोमा पुर्याएकाेले पनि अहिले याे केसमा आफू लडने दावी गर्छन।

पहिले ३५ दिनकाे हदम्याद रहेकाेमा २०७२ सालकाे संशाेधित मुलुकी ऐनमा जबर्जस्ती करणीको मुद्दामा हदम्याद ६ महिना ताेकियाे उक्त ऐन संगै २०७५ भदौ १ गतेदेखि लागू भएको अपराध संहितामा हदम्याद एक वर्ष ताेकियाे तर यस्ता अनेक घटना हद म्यादकै कारण कानुनी रुपमा सहजै प्रवेश गर्न भने पिडितकाे बाटाे स्वत बन्द भएको छ।

अहिले याे घटना बाहिरिए संगै हद म्याद हटाउने वा संशाेधन गर्ने बारे आवाज सडक देखि सघन सम्म उठेकाे छ। मानवअधिकार कर्मि तथा नागरिक अगुवाले हदम्याद न‌ै हटाउनु पर्ने बताएका छन भने शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा पनि कांग्रेस नेता गगन थापाले याे हदम्यादमा हेरफेर गर्नु अनिवार्य देखिएकाे बताएका छन।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयलाई छानवीन टाेली गठन गर्न निर्देशन दिएकाे र साेहि अनुसार पाँच सदस्यीय छानविन समिति समेत तयार भइसकेको छ।

छानबिन टाेलीमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन।

उक्त घटनाकाे विरोधमा काठमाडौ लगाएत देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेकाे छ। ८ वर्ष अघि सुन्दरी प्रतियोगिताका लागि मिस ग्लोबल इन्टरनेसनलमा सहभागी भई ‘फर्स्ट रनर–अप’ को विजेता बनेपछि आयोजकले उनलाई सफल भाेज अर्थात (सक्सेस पाटी) काे लागि नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर पिय नसालु पदार्थ खुवाएर पटकपटक आयाेजक टिमले बलात्कार गर्दै भिडियो बनाएकाे र त्यसपछि पनि त्यहि भिडियो देखाउदै ६ महिना सम्म बल्याकमेल गरेर बलात्कार गर्ने गरेकाे उनै युवतीले सामाजिक संजालमा भिडियो सहित घटनाकाे विवरण सार्वजनिक गरेकि छिन।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार