जेठ ७ गुल्मी – आफैले पढाउने छात्रा माथि यौन दुर्व्यवहार गरेकाे आराेपमा दुईजना शिक्षक पक्राउ परेका छन।

पक्राउ पर्नेमा श्री सत्यवती माध्यामिक बिद्यालय हसरा गुल्मीका शिक्षक द्वय प्रकाश भट्टराई र निलकण्ठ बस्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनिहरुले साेहि विद्यालयमा कक्षा ९ मा अध्ययरत नाबालिका छात्रालाई बालयौन दुर्व्यवहार गरेको सूचना गत ०५ गते जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछि दुबै जना शिक्षकलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए।

शिक्षक बस्यालले गत भाद्र महिनादेखि र शिक्षक भट्टराईले गत माघ महिनादेखि ति छात्रामाथि यौनजन्य क्रियाकलापका लागि विभिन्न प्रलोभन देखाई बालयौन दुर्व्यवहार कार्यहरु गर्ने गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भईरहेकाे प्रहरी नायव उपरीक्षक खरेलले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार