जेठ ६ काठमाडौ – केही दिनदेखि विभिन्न सामाजिक सञ्जाल लगाएत मिडियाहरु महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
अहिले उक्त घटनाबारे प्रहरीले पिडितका परिवार संग सम्पर्क गरि घटनाको बारेमा परामर्श लिने काम भइरहेकाे र अनुसन्धानकाे काम सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गृह मन्त्रालयले आफ्नो पनि उक्त घटनाबारे सत्यतथ्य छानवीन गर्न भन्दै गृहमन्त्री बालकृष्ण खाणको र प्रहरी प्रधान कार्यालयलाई छानवीन टाेली गठन गर्न निर्देशन दिएकाे र साेहि अनुसार पाँच सदस्यीय छानविन समिति समेत तयार भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए
छानबिन टाेलीमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेकाे प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए।
उक्त घटनाकाे विरोधमा काठमाडौ लगाएत देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेकाे छ। ८ वर्ष अघि सुन्दरी प्रतियोगिताका लागि मिस ग्लोबल इन्टरनेसनलमा सहभागी भई ‘फर्स्ट रनर–अप’ को विजेता बनेपछि आयोजकले उनलाई सफल भाेज अर्थात (सक्सेस पाटी) काे लागि नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर पिय नसालु पदार्थ खुवाएर पटकपटक आयाेजक टिमले बलात्कार गर्दै भिडियो बनाएकाे र त्यसपछि पनि त्यहि भिडियो देखाउदै ६ महिना सम्म बल्याकमेल गरेर बलात्कार गर्ने गरेकाे उनै युवतीले सामाजिक संजालमा भिडियो सहित घटनाकाे विवरण सार्वजनिक गरेकि छिन।