जेठ ६ चितवन – देशभर हावाहुरी संगै आएकाे वर्षादका कारण देशभर ठुलाे मात्रामा जनधनकाे क्षति भएका विवरण आउने क्रम जारी छ।

भरतपुर महानगरपालिका- ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूखले किचेर घाइते भएका तीन जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृत्यु हुनेमा अटाे चालक भरतपुर महानगरपालिका -११ लामाटोल बस्ने अन्दाजी ५० वर्षका प्रदीपकुमार लामा विशाल चोकबाट बसेनीतर्फ आउँदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई रुखले किच्दा म्याजिकमा सवार भरतपुर-११ बस्ने ४८ वर्षिय लोकनाथ न्यौपानेको पनि घटनास्थलमानै मृत्यु भएको र अटोमा सवार नामथर नखुलेकी एक महिलाको पनप घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

अटोमा  सवार अरू दुई जना घाइतेहरूकाे सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको अन्य ठाउँकाे पनि विवरण आउने क्रम जारी रहेकाले क्षतिकाे विवरण बढन सक्ने प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार