जेठ ६ काठमाडौ – अभिनेता पल शाह प्रकरणकाे घटना सेलाउन नपाउदै सेलिब्रेटी क्षेत्रमै अर्काे यौन हिंसाकाे घटनाले अहिले सामाजिक संजाल तताइ रहेकाे छ।

साेहि घटनाबारे देशका विभिन्न जिल्ला सहित प्रधानमन्त्री निवास अगाडि समेत विराेध प्रदर्शन भएकाे छ। आजै शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका ध्यानाकर्षण गराएपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि थापाकाे ध्यानाकर्षणलाई आफुले गम्भीर रुपमा लिएको भन्दै आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिदै भने: ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

८ वर्ष अघि सुन्दरी प्रतियोगिताका लागि मिस ग्लोबल इन्टरनेसनलमा सहभागी भई ‘फर्स्ट रनर–अप’ को विजेता बनेपछि आयोजकले उनलाई सफल भाेज अर्थात (सक्सेस पाटी) काे लागि काठमाडौ स्थित नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर पिय नसालु पदार्थ खुवाएर पटकपटक आयाेजक टिमले बलात्कार गर्दै भिडियो बनाएकाे र त्यसपछि पनि त्यहि भिडियो देखाउदै ६ महिना सम्म बल्याकमेल गरेर बलात्कार गर्ने गरेकाे उनै युवतीले सामाजिक संजालमा भिडियो सहित घटनाकाे विवरण सार्वजनिक गरेकि छिन। भिडियो हेर्नुस् के थियाे घटना https://fb.watch/d75CMlBoGf/

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार