जेठ ५ काठमाडौ – सिंहदरबार भित्र नै चाेट लागेर घाइते भएका एक कर्मचारीकाे मृत्यु भएको छ।

बुधबार राति करिब ८ बजेतिर सिंहदरबार स्थित रहेको राष्ट्रिय अनुसन्धान विभागकाे कम्पाउण्डमा रहेकाे रुखकाे हाँगा हावाहुरीका कारण एक्कासी भाँच्चिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत पाल्पा रम्बा गाउँपालिका-५ का २७ वर्षीय विजय कार्कीकाे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

कार्कीकाे टाउकोमा गम्भीर भएकाे र उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएकोमा त्यहीँ उपचारकाे क्रममा राति ११ बजे मृत्यु भएको र शवको पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसएसपी सुदीप गिरीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार