जेठ ३, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अन्तर्गत नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार जागेन्द्र वली (शिव) सहित पुरै प्यानल विजयी भएका छन । वलीले कुल ७०८ मत ल्याइ विजयी भएका हुन ।
साथै उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर वलीले ५३६ मत ल्याएका छन ।
साथै नेकपा एमालेका उम्मेदवार प्रेम चन्दले १९१ मत प्राप्त गरेका छन ।
यश वडामा जम्मा कुल मत १५१४ खसेको थियो ।

यस्तै बागचौर नगरपालिका हालसम्म ६ वटा वडाको मतगणना भैसकेको छ । जसमा ३ वटा ५, ११ र १२ वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ३ वटा ४, ६ र ७ वडामा (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी) संयुक्त गठबन्धनले विजय प्राप्त गरेको छ ।
बागचौरमा आझै ६ वटा वडा मतगणना गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार