जेठ ३, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.७ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अन्तर्गत नेकपा माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार प्रेम डाँगी सहित पुरै प्यानल विजयी भएका छन । डाँगीले कुल ६३९ मत ल्याइ विजयी भएका हुन ।
साथै उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार शेर बहादुर घर्तीले ५५३ मत ल्याएका छन ।
साथै नेकपा एमालेका उम्मेदवार नेव बहादुर ओलीले २८१ मत प्राप्त गरेका छन ।
यश वडामा जम्मा कुल मत १६६१ खसेको थियो । यस्तै बागचौर नगरपालिका हालसम्म ५ वटा वडाको मतगणना भैसकेको छ । जसमा दुई वटा ११ र १२ वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ३ वटा ४, ६ र ७ वडामा (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी) संयुक्त गठबन्धनले विजय प्राप्त गरेको छ ।
बागचौरमा आझै ७ वटा वडा मतगणना गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार