असाेज २८ बाँके – सर्वोच्च अदालतले अधिकारकर्मी बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । पक्राउ सम्बन्धमा प्रहरीले अदालतलाई समेत ढाँटेर रुवी कहाँ रहेको थाहा नभएको जवाफ पठाएको थियो। रिहा आदेश दिदै सर्वोच्चले रिहा भएपछि पुनः धरपकड नगर्न पनि बताएको छ।

रुबीलाई बहुविवाहको झुट्टो मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी गरेको थियो। अधिकारकर्मी रुबी प्रहरी हिरासतमा आमरण अनशन समेत बसेकी थिइन।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै महिला अधिकार मञ्चकी रुबीकाे १४ जनाको टोली नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगेर धर्ना शुरु गरेको थियो। साेहि क्रममा रुबीलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरि बाँके लिएकाे थियाे।

जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बयानका लागि उपस्थित भई आफूमाथि प्रहरी प्रशासनले ज्यादती गरेको आरोप लगाउदै बहुविवाहको झूटो मुद्दामा पक्राउ पुर्जी नै नदिई जबर्जस्ती नियन्त्रणमा लिएर हिरासतमा राखेको दाबी गरेकी छन।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार