असाेज २७ सल्यान –  बाबुछाेरा बिच घरायसी विवाद हुदा बाबुले छाेराकाे हत्या गरेका छन। बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवँर मगरले आफ्ना छोराको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलाल कवँर मगरकाे हत्या गरेका हुन।

दशैंको मासुको विषयलाई लिएर बाबू छाेराबिच सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँया प्रहार गरेका थिए। अहिले बाबु निमबहादुरलाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टाेलीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाकाे मुचुल्का बनाउ शवकाे पाेष्टमाटम गर्ने तयारी गरिएको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको सूचना अधिकारी पौडेेलले बताए।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार