असोज २६ भाेजपुर – आफ्नै श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई साल्पासिलिछो गाउँपालिका-५ बाखुबाट फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार